श्री र चेम्बर अफ कमर्स गण्डकीबीच राजधानीमा ‘एमओयू’

पाेखरा | भदौ २२, २०७९

श्री र चेम्बर अफ कमर्स गण्डकीबीच राजधानीमा ‘एमओयू’

पोखराः नेपालको प्रतिष्ठित वायुसेवा कम्पनी श्री एयरलाइन्स र चेम्बर अफ कमर्स, गण्डकी प्रदेशबीच आज राजधानीमा व्यावसायिक सम्झौता (एमओयू) भएको छ । 

 

मूलतः दुई संस्था र यसका सदस्य कम्पनीबीच व्यावसायिक प्रबद्र्धन गर्ने उद्देश्यले सम्झौता गरिएको दुबै पक्षले जनाएका छन् । सम्झौतापत्रमा एयरलाइन्सकातर्फबाट करपोरेट म्यानेजर अनिल मानन्धर र चेम्बरकातर्फबाट अध्यक्ष किसान सुनारले हस्ताक्षर गरेका छन् । 

 

सम्झौतामा चेम्बरका सदस्यलाई एयरलाइन्सले फास्ट ट्रयाक सर्भिस दिने बताउँदै चेम्बर परिचयपत्रका आधारमा भाडादरमा छूट दिने उल्लेख छ । त्यस्तै, सामानमा ५ किलोसम्म अतिरिक्त छूट र यात्राको अनुपात अनुुसार भाडादरमा छूट दिइने एयरलाइन्सका म्यानेजर मानन्धरले जानकारी दिए ।
 

 

सम्झौतापश्चात् यसबारे जानकारी दिँदै चेम्बरका अध्यक्ष सुनारले सामुहिक हितमा अघि बढ्ने अभिप्रायले श्रीबीच सहकार्य भएको जनाए । ‘संस्थागतरुपमा अघि  बढ्ने उद्देश्यले श्री सँग सम्झौता भएको हो’ उनले भने ‘आगामी दिनमा दुबै पक्षको व्यावसायिक हित र उत्तरदायीका खातिर हामीबीच सहकार्य भएको हो ।’

 

सम्झौतापत्रमा दुबै पक्षले व्यावसायिक सञ्जालमा वृद्धि गर्ने, व्यवसाय प्रबद्धनार्थ आर्थिक र व्यापारिक गतिविधिमा जोड दिने, सदस्यबीच सौहार्दता कायम गर्दै कुनैपनि कठिन परिस्थितिउपर समाधानको खोजी गर्नेलगायतका बुँदा समावेश गरिएको छ । 

 

सम्झौताबारे खुलस्त पार्दै करपोरेट म्यानेजर मानन्धरले एमओयू दुई संस्थाका सदस्यको हितमामात्र नभई देशको आर्थिक क्रियाकलापमा समेत योगदान पुग्ने उल्लेख गरेका छन् । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्